पोखरा कलेज अफ म्यानेजमेन्टमा पहिलो पटक ‘पिसीएम फेस्टिवल’
पाेखरा | जेठ १२, २०८१
पोखरा: पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम)मा पिसीएम फेस्टिवल सम्पन्न भएको छ ।
पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले यो कार्यक्रम आयोजना गरेको आयोजक पिसीएम स्टुडेन्ट क्लबले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले कलेका सबै विद्यार्थीहरुको मिलनसँगसँगै उनीहरुको प्रतिभा पहिचान र प्रदर्शनीका लागि यो कार्यक्रम फलदायी रहेको बताइन् ।
‘कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फूटन र सबै सेमेस्टरमा भएका विद्यार्थीको मिलन पनि हो ।’ – प्राचार्य श्रेष्ठले भनिन्– ‘स्पोर्टस् मीट बाहेक अरु कार्यक्रमले विद्यार्थीहरुलाई मिलन गराउन नसकिरहँदा यो अर्को मीठो अवसर बनेको छ ।’
हरेक बर्ष तालिका नै बनाएर ५ वटा विशेष कार्यक्रम गर्दै आएको पिसीएममा यो वर्षदेखि ुपिसीएम फेस्टिवलु पनि थपिएको छ । यस कार्यक्रममा विद्यार्थीले आर्ट्स, स्टल म्यानेजमेन्ट लगायत गायन तथा नृत्य प्रस्तुति गरेको क्लबका अध्यक्ष मिलन कँडेलले जानकारी दिए ।
औपचारिक कार्यक्रम पछि व्यान्ड र डिजेले आफ्नो प्रस्तुति राखेका थिए । आर्ट प्रतियोगितामा सविना सुनार सर्वोत्कृष्ट भइन् । शौरभ लामिछाने द्वितीय, ऋसुता हमाल तृतीय तथा स्वर्णिम शाक्य र एसिका गुरूङ तृतीय भए ।
विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन एञ्जिला सुवेदी र सम्राट गुरूङले गरेका थिए ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...
काठमाडौं: क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म ...

